Trending :
 

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

माघ २२,२०८०

-आस्था न्यूज

माघ २२, २०८० काठमाडौं ।
नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ ।
 
बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बिहान साढे ८ बजे बस्ने छ ।
 
आजदेखि सुरु हुने संसदको हिउँदे अधिवेशन अघि माओवादी केन्द्रले दलको बैठक बोलाएको हो ।
 
सो बैठकमा संसदमा पार्टी कसरी प्रस्तुत हुने र विधेयकलगायत पार्टीको पोजिसनका विषयमा छलफल हुने जनाइएको छ ।