Trending :
 

राष्ट्र बैंकले कर्मचारी अवकाश कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंकमा निक्षेपको रुपमा राख्ने

माघ २२,२०८०

-आस्था न्यूज

माघ २२, २०८० काठमाडौं । 
नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंकमा निक्षेपको रूपमा राख्ने भएको छ ।
 
बैंकले २०८० फागुन ६ गतेदेखि २०८१ फागुन ५ गतेसम्म कुल ३६६ दिनका लागि योग्य बैंक तथा वित्तीय संस्थामा उक्त रकम एफडी(मुद्दती निक्षेप) मा राख्ने भएको हो । 
 
बैंकले एक सूचना जारी गर्दै इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई उचित ब्याजदरसहित चाहेको रकम माग गरी दरखास्त हाल्न आह्वान गरेको छ । फागुन ६ गते जारी हुने निक्षेपका लागि २०८० माघ २३ गते बेलुका ७ बजेभित्र अनलाइन आवेदन दिन सक्ने बैंकले जनाएको छ । 
 
सूचना अनुसार कूल २५ करोडमध्ये २० करोड रुपैयाँ वाणिज्य बैंकहरुका लागि छुट्याइएको छ भने विकास बैंकहरुका लागि ३ करोड ७५ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीहरुका लागि १ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ ।