Trending :
 

आगो ताप्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

माघ २२,२०८०

-आस्था न्यूज

माघ २२, २०८० काठमाडौं ।
डडेल्धुराको अमरगढी नगरपालिकामा आगो ताप्ने क्रममा निसासिएर गए राति सासू-बुहारीको ज्यान गएको छ ।
 
ज्यान गुमाउनेमा अमरगढी–१ मालमका ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिनुभयो । उहाँका अनुसार राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसासिएर उनीहरूको ज्यान गएको खुलेको छ ।
 
बेहोस अवस्थामा फेला परेका दुवै जनालाई घरपरिवार र आफन्तले आज बिहान अस्पताल पुर्‍याएका थिए । तर अस्पताल पुग्नसाथ डाक्टरले मृत घोषणा गरेका हुन् ।