Trending :
 

विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले फिर्ता लिए राजीनामा

माघ २२,२०८०

-आस्था न्यूज

माघ २२, २०८० काठमाडौं । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन्।
 
चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता लिएर गएका हुन्। 
 
‘उहाँ (चन्दले) आफ्नो राजीनामा पत्र फिर्ता लिनुभएको छ,’ मानव स्रोत विभागका एक जना अधिकारीले नेभने। उनी काममा फर्के नफर्केको बारे भने मानव स्रोत विभागका ती अधिकारीले अनविज्ञता प्रकट गरे। 
 
‘राजीनामा फिर्ता लिनुभएको छ। अब काममा फर्किनुभयो कि केही दिन बिदामा बसेर काममा फर्किने भन्ने उहाँले निर्णय लिनुहुन्छ होला,’ ती अधिकारीको भनाइ छ। 
 
व्यक्तिगत कारणले भन्दै चन्दले शनिबार राजीनामा दिएका थिए। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको सचिवालयबाट उक्त राजीनामा पत्र मानव स्रोत विभागमा पुगेको थियो।