Trending :
 

साफ यू-१९ महिला च्याम्पियनसिपः अन्तिम खेलमा नेपालले भारतसँग खेल्दै

माघ २३,२०८०

-आस्था न्यूज

माघ २३, २०८० काठमाडौं ।
बंगलादेशको ढाकामा जारी साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालले लिगको आफ्नो अन्तिम खेलमा आज भारतसँग खेल्दैछ ।
 
खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।
 
शीर्ष दुईमा रहेर प्रतियोगिताको फाइनल खेल्न नेपाललाई आज स्पष्ट जितको आशव्यकता छ । नेपालको लागि यो खेल गर या मरको अवस्थामा छ ।
 
जितले नेपाल फाइनल पुग्नेछ भने पराजित भए बाहिरिनेछ । घरेलु ६द्यी बंगलादेश दुई खेल जित्दै फाइनल पुगिसकेको छ ।
 
चार टोली सहभागि प्रतियोगितामा आयोजक बंगलादेश दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । नेपाल र भारतको दुई खेलबाटै समान तीन अंक छ । लगातार दुई हार बेहोरेको भुटान अंकविहीन छ र फाइनल होडबाट बाहिरिसकेको छ ।
 
नेपाल र भारतको समान अंक भए पनि भारत गोल अन्तरमा अघि छ । भारतले ११ गोल गर्दा जम्मा एक गोल मात्र बेहोरेको छ ।
 
नेपालले जम्मा दुई गोल गरेको छ भने तीन गोल बेहोरेको छ । त्यसैले पनि भारतविरुद्ध नेपाललाई जित नै चाहिन्छ । भारत भने नेपालविरुद्ध बराबरी खेलेमा पनि फाइनल पुग्नेछ ।