Trending :
 

एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता

माघ २३,२०८०

-आस्था न्यूज

माघ २३, २०८० काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय प्रालि.धनगढी कैलाली बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । 
 
यससँगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।
 
उक्त सम्झौतामा बैंकका वरिष्ठ प्रबन्धक सतिश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा। रविधर भण्डारीले हस्ताक्षर गरेका हुन् ।  सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त अस्पतालबाट ओपिडी तथा आईपिडी र चश्मा तथा फ्रेममा मा १० सम्म साथै फार्मेसी तथा सर्जरीमा सेवामा ५ सम्मको विशेष छुट पाउनेछन् ।  
 
बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेत्रालयका अध्यक्ष जेन्द्र बहादुर चन्दको उपस्थितिमा हस्ताक्षर उक्त समारोहमा बैंकका सुदुर पश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक उज्वल कुमार पोखरेलको समेत उपस्थिति रहेको थियो ।  
 
बैंकमा हालसम्म १४ लाख भन्दा बढी ग्राहक रहेका छन् । बैंकले  देशैभरि छरिएर रहेको आफ्ना २८ शाखा सञ्जाल ३ एक्सटेन्सन काउण्टर,७ प्रादेशिक कार्यालय, १६४ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेटर एस्एमएस ्बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ ।  
 
यसका साथै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।