Trending :
 

नेसनल लघुवित्तको लाभांश घोषणा

माघ २३,२०८०

-आस्था न्यूज

माघ २३, २०८० काठमाडौं ।
नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।
 
कम्पनीको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले हालको चुक्ता पुँजी १ अर्ब ८ करोड ४२ लाख ६ हजार २ सय १९ रुपैयाँको ७.५ प्रतिशतले हुन आउने १६ करोड २६ लाख ३० हजार ९ सय ३२ रुपैयाँ बराबर बोनस सेयर र ७.५ प्रतिशत नै नगद लाभांश करसहित गरी वितरण गर्ने भएको हो ।
 
 
कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन । नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।