Trending :
 

मङ्गलबार सेयर बजारमा सामान्य वृद्धि

माघ २३,२०८०

-आस्था न्यूज

माघ २३, २०८० काठमाडौं ।
मङ्गलबार सेयरबजारमा सामान्य वृद्धि भएको छ । 
 
सोमबार १४.५७ अङ्कले बढेर बन्द भएको सेयरबजार आज थप ९.४४ अङ्कले बढेर २०८५.७१ विन्दुमा बन्द भएको हो । 
 
अघिल्लो कारोबारको दिन कुल २ अर्ब ४३ करोड ८० लाख ५८ हजार दुई सय ५४ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर २ अर्ब ५९ करोड १५ लाख ३४ हजार नौ सय सात रुपैयाँ पुगेको छ । आज बजार बढे सँगै कारोबार रकममा पनि वृद्धि भएको हो ।
 
आज सर्वाधिक कमाउने कम्पनीहरुमा समाज लघुवित्त, गुराँस लघुवित्त, युनाइटेड अजोड इन्स्योरेन्स र दोर्दी हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा साम्लिङ पावर र नेपाल टेलिकम रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।