माघ २४,२०८०
-आस्था न्यूज
माघ २४, २०८० काठमाडौं । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेबाट सिंहदरबारमा बस्नेछ । सङ्घ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्न लागेको हो । पहिलो बैठकले ६ महिनाभित्र सङ्घीयता कार्यान्वयनमा तीन तहबिच देखिएका अस्पष्टता अन्त्य गर्ने लगायतका ६ वटा निर्णय गरेको थियो । बैठकमा भाग लिन मुख्यमन्त्रीसहित परिषद्का सदस्यहरू काठमाडौँ आइसकेका छन् । विगतका निर्णय कार्यान्वयनमा जोड दिने उनीहरुको तयारी छ ।
प्रमुख समाचार