Trending :
 

मोलुङ हाइड्रोको वित्तीय विवरण सार्वजनिक, पुस मसान्तसम्म नाफामा वृद्धि

माघ २४,२०८०

-आस्था न्यूज

माघ २४, २०८० काठमाडौं ।
मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानीमा गिरावट आएपनि वित्तीय खर्च घट्दा कम्पनीले नाफा बढाएको छ ।
 
खुद नाफारघाटा ( अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको नाफामा वृद्धि भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा ४५ लाख ७६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको घाटा ५७ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।
 
विद्युत व्यापारबाट आम्दानी यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ३ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ४ करोड १२ लाख रुपैयाँ कमाएको थियो ।