Trending :
 

ईङवा हाइड्रोपावर लिमिटेडको व्यापारिक उत्पादन फागुन मसान्त भित्र सुरु हुने

माघ २४,२०८०

-आस्था न्यूज

माघ २४, २०८० काठमाडौं ।
अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको ईङवा हाइड्रोपावर लिमिटेडको व्यापारिक उत्पादन फाल्गुन मसान्त भित्र सुरु हुने भएको छ । पाँचथर जिल्लामा अवस्थित ईङवा खोलामा निर्माण भैरहेको ९.७ मेगावाट क्षमतको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको निर्माण कार्य ईङवा हाइड्रोपावर लिमिटेडबाट भैरहको छ ।
 
रन अफ रिभर प्रकृतिको यस आयोजनाको निर्माण कार्य २०७७ साल माघ १ गते बाट सुरु भई २०८० साल श्रावण मसान्तमा सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भैरहेको अवस्थामा २०८० साल असार १ र २ गते नेपालको पूर्वि भूभागमा गएको भिषण बाढी पहिरोको कारणले आयोजनामा केही क्षति पुगेको थियो ।
 
उक्त क्षति पश्चात कम्पनीले पूननिर्माणको कार्य तीब्र गतिमा सम्पन्न गरि २०८० साल फाल्गुन मसान्त भित्र विद्युत उत्पादन गर्ने अवस्थामा पुर्‍याएको छ । 
 
आयोजनाबाट उत्पादित विद्युतशक्ति १६ कि.मि.लामो ३३ केभी ट्रान्समिसन लाइन मार्फत अमरपुर सवस्टेशनमा जडान गर्ने लाईन कार्य सम्पन्न भएको छ ।