Trending :
 

सरकार भ्रष्टाचार र लुटमा मात्रै अघि बढेको राजेन्द्र लिङ्देनको आरोप

माघ २४,२०८०

-आस्था न्यूज

माघ २४, २०८० काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले देश भ्रष्टाचार र लुटमा मात्रै अघि बढेको बताएका छन्।
 
प्रतिनिधि सभाको बुधबारको बैठकमा राप्रपाका तर्फबाट धारणा राख्दै अध्यक्षसमेत रहेका लिङ्देनले कयौं सन्दर्भमा देश पछाडि सरिराखेको दाबी गरे।
 
‘भ्रष्टाचार र लुटमा मात्रै अगाडि बढिराखेको छ,’ लिङ्देनले भने, ‘भ्रष्टाचार कहाँ छ भने खोज्ने होइन, कहाँ भ्रष्टाचार छैन भनेर खोज्नुपर्ने अवस्थामा देश छ। तर सरकार सुशासन र प्रगतिका कुरा गर्छ।’
 
गणतन्त्र आएपछिका सरकारहरूका पालामा भ्रष्टाचार बढेको दाबी गरेका थिए। एनसेल, टेरामक्स लगायतमा अनियमितता भएको उनले बताए।
 
‘ल्याउने र ल्याउन रोकेबापत पनि खाने, ओहो१ योभन्दा अर्को लुटतन्त्र के हुन सक्छरु, सांसद र मन्त्री फरार सूचीमा राखिदिने, चार वर्षदेखि मुद्दा छिनोफानो नगर्ने?’ उनले प्रश्न गरे।
 
राप्रपाले पछाडि फर्कने कुरा नगरेको लिङ्देनले बताए। ‘सबै मिलेर नयाँ सम्झौता गरेर नवीन बाटोमा देशलाई लैजाऔं,’ उनले भने।