सुन तस्करीका नाइके दावा लामाकी पत्नी अमला रोका विरुद्ध डिफ्युजन नोटिस जारी
-आस्था न्यूज
माघ २४, २०८० काठमाडौं ।
सुन तस्करी प्रकरणमा जोडिएकी अमला रोका विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को पत्राचारपश्चात इन्टरपोलले उनीविरुद्द डिफ्युजन नोटिस जारी गरेको हो।
रोल्पा घर भएकी रोका सुन तस्करीका नाइके चिनियाँ नागरिक दावा लामाकी पत्नी हुन्। श्रीमान् पक्राउ परेपछि उनी फरार भएकी थिइन्।
राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिँदै गरेको ६० किलो भन्दा बढी सुन तस्करी प्रकरणनको उनको समेत संलग्नता खुलेको थियो।
रोका सहितलाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा समेत दायर भइसकेको छ। अमला ठेमलस्थित भियना होटलकी सञ्चालक समेत हुन्। उनी सहित यो प्रकरणमा १८ जनालाई फरार प्रतिवादी बनाइएको छ।
फरार रहेकी रोका विरुद्ध डिफ्युजन नोटिस जारी गर्न भन्दै सीआईबीले पत्राचार गरेको थियो। सीआईबीको पत्राचार अनुसार नेसनल सेन्ट्रल ब्यूरो ९एनसीबी० काठमाडौंले डिफ्युजन नजोटिसका लागि इन्टरपोलमा पत्राचार गरेको थियो।
रोका माओवादी नेताहरुसँग निकट मानिन्छिन्। उनी माओवादी रोल्पा(काठमाडौं सम्पर्क मञ्जकी पूर्व उपाध्यक्ष समेत हुन्।