‘पुष्पा २: द रुल’को सिक्वेल ‘पुष्पा ३ः द रोर’ बन्ने

माघ २४,२०८०

-आस्था न्यूज

माघ २४, २०८० मुम्बई ।
साउथ सुपरस्टार अल्लू अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ः द रुल’ थिएटरमा छिटै प्रदर्शनको तयारीमा छ । यो फिल्मलाई लिएर अल्लूका फ्यान व्यग्र प्रतीक्षामा छन् ।
 
हाल यो फिल्मको सुटिङ धमाधम भइरहेको छ । केही समय अघिमात्र सुटिङ सेटबाट सार्वजनिक केही तस्वीर सामाजिक सञ्जालमा भाइरल भएका थिए । 
 
सार्वजनिक तस्वीरमा अल्लूलाई नीलो साडी लगाएका ‘गंगम्मा थल्ली’ लुक्समा देखिएको थियो ।
 
अब यो फिल्मको तेस्रो सिक्वेलको तयारीमा निर्माताहरु जोडतोडका साथ लागिरहेका छन् । 
 
‘पुष्पा २ः द रुल’ पछि यसका निर्माताहरु तेस्रो सिक्वेल ‘पुष्पा ३ः द रोर’ लाई लिएर दर्शकमाझ आउने तयारीमा जुटिसकेका छन् । तर तेस्रो सिक्वेल दर्शकमाझ आउन भने केही समय लाग्नेछ ।
 
फिल्म ‘पुष्पा २ः द रुल’ यसै वर्षको अगष्ट १५ मा रिलिज हुँदैछ । फिल्ममा अल्लू र अभिनेत्री रश्मिका मन्दाना प्रमुख भूमिकामा देखिँदैछन् । 
 
सुकुमारको निर्देशन रहने फिल्ममा मलयालम स्टार फहाद फासिल प्रमुख भिलेन हुनेछन् ।