Trending :
 

विनिमय दरः पाउण्डको मूल्य बढ्यो, अरू कुनको कति ?

माघ २५,२०८०

-आस्था न्यूज

माघ २५, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 
 
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ २९ पैसा रहेको छ । 
 
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३२ पैसा पुगेको छ भने बिक्री दर १६८ रुपैयाँ ७ पैसा रहेको छ । बुधबारको तुलनामा पाउण्डको मूल्य बढेको हो । 
 
आज कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको छ ।