Trending :
 

एमसीसी अन्तर्गतको विद्युत प्रसारण लाइनका लागि मकवानपुरका स्थानियलाई मुआब्जा लिन आउन अनुरोध

माघ २५,२०८०

-आस्था न्यूज

माघ २५, २०८० काठमाडौं ।
अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)द्वारा सन्चालित ४०० केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाएको छ ।
 
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले मकवानपुरको साबिक नामटार, कालिकाटार (हाल कैलाश गाउँपालिका), हेटौंडा-३ र हेटौंडा ११ का जग्गाधनीलाई मुआब्जा तथा क्षतिपूर्ति लिन आउन प्रशासनमार्फत सूचना गरेको हो ।
 
घरगोठ, टहरा, कटेरा तथा रुख विरुवासमेत स्थानीय रुपमा अधिग्रहण गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को उपदफा १ को प्रयोजन र जग्गाको स्वामित्व फरक पर्न गएमासमेत दाबी गर्न प्रशासनले १८ माघमा सूचना जारी गरेको छ ।
 
साबिक बसामाडी गाविस, नामटार गाविस, कालिकाटार गाविस र हेटौंडा-११ को जग्गा अधिग्रहण गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुले जनाएको छ ।
 
२१ दिने सूचना प्रकाशन गरी मुआब्जा तथा क्षतिपूर्तिका लागि निबेदन माग गरिएको हो । सूचना प्रकाशित भएको मितिदेखि नै अधिग्रहण गरिने जग्गाहरु रोक्ने हुने प्रशासनले जानकारी दिएको छ ।
 
प्रशासनले जग्गा रोक्का हुनेहुँदा अधिग्रहण हुने क्षेत्रमा कुनै पनि संरचना थप्ने काम नगर्न पनि अनुरोध गरेको छ ।