Trending :
 

एकदिवसीय सिरिजः नेपालद्धारा क्यानडासामु जितका लागि २२५ रनको लक्ष्य प्रस्तुत

माघ २५,२०८०

-आस्था न्यूज

माघ २५, २०८० काठमाडौं ।
नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले जितका लागि २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 
 
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २२४ रन बनायो । 
 
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धसतकीय पारी खेले । उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन जोटेका हुन् । 
 
त्यस्तै, आसिफ शेख  र कप्तान रोहितकुमार पौडल समान आठ रनमा आउट भए । भीम सार्की र कुशल मल्ल र सोमपाल कामीले क्रमशः १७, २० र २७ रन बनाए । आरिख सेखले ३८ रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । 
 
क्याडनाका उदय भगवानले ३ विकेट लिए । इश्वर सोधी र साद विन जाफरले २–२ विकेट झारे । 
 
क्यानडाले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।