Trending :
 

पाकिस्तानमा आम निर्वाचनका लागि मतदान जारी

माघ २५,२०८०

-आस्था न्यूज

माघ २५, २०८० काठमाडौं ।
पाकिस्तानमा नयाँ सरकार गठन गर्ने संसदको तल्लो सदनका लागि चार प्रान्तीय सभाको निर्वाचन अन्तर्गत मतदान जारी छ । 
 
आम निर्वाचनका लागि स्थानीय समयअनुसार बिहीबार बिहान ८ बजेदखि मतदान भइरहेको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ ।
 
कूल २६६ मध्ये एक बाहेक ३६५ संसद् सदस्य निर्वाचित गर्नका लागि स्थापित हजारौँ मतदान केन्द्रमा मतदान जारी रहेको छ । 
 
एकाधबाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ । 
 
िनर्वाचन आयोगका प्रवक्ता सैयद नदीम हैदरले मतदान प्रक्रिया स्थानीय समय अनुसार बिहान ८ बजेदेखि शुरू भई बेलुका ५ बजेसम्म  निर्वाधरुपमा जारी रहने बताए ।
 
संसद्को तल्लो सदनका २६५ सदस्य छान्न मतदाता बिहानै मतदान केन्द्रहरूमा पुगेको आयोगले जनाएको छ । 
 
आयोगका अनुसार १२ करोड ८० लाखभन्दा बढी पाकिस्तानी जनता अर्थात् देशको कूल जनसङ्ख्याको आधाभन्दा बढी व्यक्ति आम निर्वाचनका लागि मतदान गर्न योग्य मानिएका छन् । 
उम्मेदवारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ ।