Trending :
 

‘हाइकु सिद्धान्त र शास्त्रीय मान्यताअनुसार लेख्न सकिएको छैन’

माघ २५,२०८०

-आस्था न्यूज

माघ २५, २०८० काठमाडौं ।
‘नेपाली हाइकु: नेपाली सुगन्ध’ नारासहित बिहीबार राजधानीमा एकदिने राष्ट्रिय हाइकु महोत्सव २०८० गरिएको छ । 
 
नेपाल हाइकु संघको आयोजनामा कमलादीस्थित प्रज्ञा भवनमा भएको महोत्सवमा सर्जकहरुले दर्जनौं हाइकु सुनाएका छन् ।  
 
साहित्यकर्मी विनोद मञ्जनले आफ्नो कृति ‘जीवनको जुन’ संग्रहका  हाइकु सुनाउँदै नेपालमा एक जना पनि ‘हाईजिन’ कवि नभएको बताए । 
 
उनले भने, ‘यसको वास्तविक नाम त हाइकु कविता हो, छोटकरीमा माया प्रेमले हाइकु भनिएको हो । हाइकु कविले हाइकु लेख्छन् । तर, नेपालमा एकजना पनि हाईजिन छैनन् ।’
 
नेपालमा लेखिएका अधिकांश हाइकु हाइकु्को सिद्धान्त र शास्त्रीय मान्यता अनुसार नभएको उनको भनाइ थियो । 
 
अधिकांश हाइकुहरु प्रतिनिधि रचना पढेर लेखिए पनि ती वास्तविक हाइकु बन्न नसकेका भन्दै गहन अध्यन र चिन्तन गर्न उनले साहित्यकर्मीहरुलाई आग्रह गरे ।