Trending :
 

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

माघ २६,२०८०

-आस्था न्यूज

माघ २६, २०८० काठमाडौं ।
आज २०८० साल माघ २६ गते शुक्रबार तदनुसार सन् २०२४ फेब्रुअरी ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४४ पैसा र बिक्री दर १३३ रुपैयाँ ०४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ५५ पैसा र बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६५ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।