Trending :
 

भारत र बंगलादेश साफ यू-१९ महिला च्याम्पियनको संयुक्त विजेता

माघ २६,२०८०

-आस्था न्यूज

माघ २६, २०८० काठमाडौं ।
भारत र बंगलादेश साफ यू-१९ महिला च्याम्पियनको संयुक्त विजेता बनेका छन् । नाटकीय फाइनल खेल सडन डेथमा पुगेर पनि बराबरी भएपछि दुवै टोलीलाई संयुक्त विजेता घोषणा गरिएको हो ।
 
साफको प्रतियोगितामा दुई टिमलाई संयुक्त विजेता घोषणा गरिएको यो पहिलो पटक हो ।
 
बंगलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको खेलको निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेका थियो ।
 
तर त्यहाँ पनि दुवै टिमले ११–११ गोल गरेपछि खेल बराबरी भयो । त्यसपछि फाइनल खेल खेलाएका नेपाली रेफ्री अन्जन राईले टस मार्फत भारतलाई विजेता घोषणा गरिन् । तर बंगलादेशले रेफ्रीको निर्णयमा गम्भिर असहमती जनाउँदै फाइनल खेल सकिएपछि पनि मैदान छाड्न मानेनन् ।