Trending :
 

कोशी प्रदेश सरकार आज विस्तार हुने, पाँच जना नयाँ मन्त्रीले शपथ लिदै

माघ २६,२०८०

-आस्था न्यूज

माघ २६, २०८० काठमाडौं ।
कोशी प्रदेश सरकार आज विस्तार हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार बेलुका ४ बजे शपथ हुने तय भएको छ । 
 
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नयाँ थप हुने मन्त्रीहरूमा काँग्रेसबाट प्रदीपकुमार सुनुवार, रामकुमार खत्री मन्त्री  तथा इन्दिरा थापा राज्यमन्त्री हुने भएकी हुन् । यस्तै माओवादी केन्द्रबाट राजेन्द्र कुमार कार्की र नारायण बुर्जा मगरले मन्त्रीको शपथ लिने तय भएको छ । 
 
स्रोतले दिएको जानकारी अनुसार सुनुवार– स्वास्थ्य मन्त्री, खत्री– कृषि, सहकारी,  बुर्जा– खानेपानी सिँचाइ तथा ऊर्जा, कार्की– सामाजिक विकास र  थापा-स्वास्थ्य, राज्यमन्त्री बन्ने भएका छन् । 
 
हाल प्रदेश सरकारमा कांग्रेसबाट शमशेर राई आन्तरिक मामिला तथा कानुन, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एसका कमल प्रसाद जबेगू भौतिक पूर्वाधार मन्त्री छन् ।