Trending :
 

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

माघ २६,२०८०

-आस्था न्यूज

माघ २६, २०८० काठमाडौं ।
हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।
 
कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले कुल ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले हालको चुक्ता पुँजी १० अर्बको ४ प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबर बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
 
कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन । नेपाल बीमा प्राधिकरणको स्वीकृति लिएर आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।