Trending :
 

गुल्मीका दुई आयुर्वेद सञ्चालकलाई १-१ लाख रुपैयाँ जरिवाना

माघ २६,२०८०

-आस्था न्यूज

माघ २६, २०८० काठमाडौं ।
गुल्मीमा क्षेत्राधिकार भन्दा बाहिर काम गरेको भन्दै दुई वटा आयुर्वेदलाई १–१ लाख जरिवाना तोकिएको छ ।
 
सदरमुकाम तम्घासको पुरानो बजारमा सञ्चालनमा रहेको सफल र सम्पन्न आयुर्वेदलाई छुट्टाछुट्टै १-१ लाख रुपैयाँ जरिवाना तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।
 
क्षेत्राधिकार भन्दा बाहिर काम गरेको आयुर्वेदलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम प्रशासनले कारबाही गरेको गैरेले बताए । प्रशासनले कारबाही गर्न मिल्ने क्षेत्र अधिकार भित्र रहेर अधिकतम कारबाही गरेको उनले बताए ।