Trending :
 

क्यानडाका लागि भरतराज पौडेल र पोर्चुगलका लागि शनिल नेपाल राजदूतमा नियुक्त

माघ २६,२०८०

-आस्था न्यूज

माघ २६, २०८० काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडाका लागि भरतराज पौडेल र पोर्चुगलका लागि शनिल नेपाललाई आवासीय राजदूतमा नियुक्त गरेका छन् । पौडेल र नेपाललाई शुक्रबार राष्ट्रपति पौडेलले क्यानडा र पोर्चुगलका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका हुन् ।
 
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले क्यानाडाका लागि पौडेल र पोर्चुगलका लागि नेपाललाई आवासीय राजदूतमा नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
 
सरकारले तत्कालीन परराष्ट्र सचिवसमेत रहेका पौड्याललाई कात्तिक ३ गते क्यानडाका लागि राजदूत सिफारिस गरेको थियो भने कात्तिक २३ गते नेपाललाई पोर्चुगलको राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो ।