Trending :
 

प्रहरीकै भ्यानबाट लडेर सहायक हवल्दारको मृत्युबारे छानविन गर्न समिति गठन

माघ २६,२०८०

-आस्था न्यूज

माघ २६, २०८० काठमाडौं ।
ड्यूटी सकेर ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दारको मृत्यु भएको प्रकरणमा उपत्यका प्रहरी कार्यालयले छानबिन थालेको छ ।
 
उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा समिति गठन गरेका हुन् । समितिमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर, काठमाडौंबाट डीएसपी सदस्य छन् ।
 
गएराति ११ः१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर हेमराज एलजीको मृत्यु भएको थियो ।
 
घटना भएलगत्तै नजिकै रहेको मिड पोइन्ट अस्पतालमा लगिएको थियो । लगत्तै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषित गरेका थिए ।
 
अहिले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।