Trending :
 

प्याब्सन स्पोर्ट्स मिट: पूर्वाञ्चल एकेडेमीको अग्रता, भलिबलमा १२ स्कुल विजयी

माघ २६,२०८०

-आस्था न्यूज

माघ २६, २०८० काठमाडौं ।
 
१३औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गतका खेलमा पूर्वाञ्चल एकेडेमीले अग्रता लिएको छ ।
 
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा जारी स्पोर्ट्स मिटको उद्घाटन कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले गरेका थिए ।
 
शुक्रबारका खेलमा मोरङको सुन्दरहरैँचा नगरपालिका–६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमीले अग्रता लिएको छ । पूर्वाञ्चलले शुक्रबार दुई स्वर्ण जित्दै १० अंकसहित सुरूवाती अग्रता लिएको हो । 
 
सुन्दरहँैचामा रहेको सिद्धार्थ स्कुलले एक स्वर्ण र एक रजक पदकसहित ८ अंक ल्याएर पूर्वाञ्चललाई पछ्याएको छ । विराटनगरको एभरेष्ट स्कुलले एक स्वर्ण र एक कास्य पदकसहित ७ अंक ल्याएको छ । 
 
सहिद मैदानमा भएको लङजम्प छात्रातर्फ पूर्वाञ्चल एकेडेमीकी सिर्जना बिकले स्वर्ण पदक जितेकी छिन् । त्यसैगरी सिद्धार्थ सेकेण्डरीकी मोनिका मास्के रजक र कास्य पदक विराटनगरकी मदर टेरेसा स्कुललकी पूजा यादव भाइन् । 
 
यसैगरी, लङजम्प छात्रतर्फ सिद्धार्थ स्कुलका सुवोद चौधरीले स्वर्ण पदक जितेका छन् । विराटनगरको मदर टेरेसा स्कुलका सुरज साहले रजत र कास्य पदक एभरेष्ट स्कुलका अपर्ण कार्कीले जितेका छन् । 
 
ज्याबलिङ थ्रो छात्रातर्फ भएको प्रतियोगितामा पूर्वाञ्चल एकाडेमी स्कुलकी कक्षा सातमा अध्ययरत सीतल मगरले स्वर्ण पदक जितिन् । त्यसैगरी रजत पदक रतुवामाइमा रहेको  मुनाल आर्दश स्कुलकी छात्रा अमिसा ताजपुरिया जितेकी छिन् । कास्य पदक हरैचा मोडलकी जयश्री माझीले जितेकी छिन् ।
 
त्यसैगरी सटपुट छात्रतर्फको विराटनगरको एभरेष्ट स्कुलका सुशान्त श्रेष्ठले स्वर्ण पदक जितेका छन् । उर्लाबारीको सुनगाभा स्कुलका सुदिप श्रेष्ठले रजक पदक र कास्य पदक जनक मेमोरियल स्कुलका जनक तामाङ्गले जितेका छन् । 
 
बास्केटबलमा एभरेष्ट र बिकेभिएम अघि
 
शुक्रबारै भउको बास्केटबलमा विराटनगरको एभरेष्ट र बिकेभिएम स्कुल विजयी भइ सेमिफाइलनमा पुगेका छन् । 
 
विराटनगरको एभरेष्टका खेल मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा एभरेष्टले सुन्दरहरैँचा नगरपालिकाको ब्राइट फ्यिुचर स्कुललाई ४७–१३ सेटले हराउँदै एभरेष्ट सेमिफाइनलमा पुगेको छ । खेलको म्यान अफ द म्याच एभरेष्ट स्कुलका शिव साह घोषित भए । 
 
दोस्रो खेलमा बिकेभिएम स्कुलले रतुवामाइ नगरपालिकामा रहेको राष्ट्रनिर्माण स्कुललाई ८५–१३ सेटलले हराउँदै बिकेभिएम सेमिफाइनलमा पुगेको छ । खेलको म्यान अफ द म्याच बिकेभिएमका सुवासकुमार गाइन घोषित भए ।
 
शनिबारको पहिलो सेमिफाइनल खेल एभरेष्ट र सगरमाथा स्कुलबीच हुनेछ । दोस्रो सेमिफाइनल खेल बिकेभिएम र सेन्टजोसेफ स्कुलबीच हुनेछ । 
 
टेबल टेनिसमा सगरमाथा र बिकेभिएम फाइनलमा
 
यस्तै, टेबल टेनिसको उच्च मावितर्फ ब्वाइज टीम इभेन्टमा सगरमाथा र बिकेभिएम स्कुल फाइनल पुगेका छन् । पहिलो सेमिफाइनलमा सगरमाथाले ब्राइट फ्युचरलाई ३–० स्कोरले पराजित गर्दै सगरमाथा फाइनलमा पुगेको हो ।
 
दोस्रो सेमिफाइनलमा बिकेभिएमले एभरेष्ट विराटनगरलाई ३–१ स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
 
त्यसैगरी, छात्रा टिम इभेन्टतर्फ सगरमाथा उच्च मावि प्रथम भएको छ । ब्राइट फ्युचरलाई ३–० स्कोरले पराजित गर्दै सगरमाथा टीम च्याम्पियन बन्न सफल भएको हो । 
 
उच्च मावि तर्फको छात्रा सिङगलतर्फ सगरमाथाकी निकिता तामाङले ब्राइट फ्युचरकी निक्की महतोलाई ३–० सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरेकी छन् । 
 
अर्को सेमिफाइनलमा सगरमाथाकै रुबी मेहताले एभरेष्टकी प्रसिद्धी अधिकारीलाई ३–० सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरेकी छन् । 
 
उच्च मावितर्फको छात्र सिङगलतर्फ बिकेभिएमका यथार्थ आचार्य र सगरमाथाका रजत रमन दवाडी सेमिफाइनल प्रवेश गरेका छन् । 
 
जुनियर छात्र सिङगलतर्फ बुढानिलकण्ठका रुपेश श्रेष्ठ र लिलिपुटका पृथक राज राई सेमिफाइनल प्रवेश गरे भने एभरेष्टका सुशान्त मेहता, बुढानीलकण्ठका आदर्श राजबंशी, सगरमाथाका सुदिप दुलाल, लिलिपुटका श्रीजल प्याकुरेल क्वार्टरफाइनल प्रवेश गरे ।
 
फुटबलमा चार स्कुल सेमिफाइनलमा
 
फुटबल प्रतियोगितामा चारवटा स्कुल सेमिफाइनलमा पुगेका छन् । विराटनगर जुट मिलको खेल मैदानमा भएको खेलमा शिक्षा सन्देश, सनरे, जनक मेमोरियल र  भूपु सैनिक स्कुलल विजयी भइ सेमिफाइनलमा पुगेको हो ।
 
पहिलो खेलमा वाल्मीकि स्कुललाई १–० गोलले हराउँदै सनरे स्कुल विजयी भएको छ । सनरेका जीवन यादवले निर्णायक गोल गरे । दोस्रो खेलमा विद्या ज्योति स्कुललाई ४–१ गोलले हराउँदै जनक स्कुल सेमिफाइनलमा पुगेको छ । जनकको तर्फबाट योगेश चौधरी, अनिष माझी, बिनोद सरदारले गोल गरे । विद्या ज्योतिका युनिक राईले सान्तवना गोल फर्काए । 
 
तेस्रो खेलमा ब्राइट फियुचरलाई २–० गोलले हराउँदै शिक्षा सन्देश सेमिफाइनलमा पुगेको छ । शिक्षा सन्देशका सन्देश दास र आषिस मगरले गोल गरे । 
 
चौथो खेलमा पथरीको भूपु सैनिक स्कुलले बेलबारीको सिंहदेवी स्कुलले १–० गोलले भूपु सैनिक सेमिफाइनलमा पुगेको छ । भूपु सैनिकका सन्जोग रसाइलीले निर्णायक गोल गरेका थिए । 
 
भलिबलमा १२ स्कुल विजयी
 
छात्र–छात्रा भलिबल प्रतियोगितामा १२ वटा स्कुल विजयी भएको छ । पहिलो दिन भएको कक्षा ११ र १२ छात्रातर्फ पथरीको एभरेष्ट, सुन्दरहरैँचाको सिद्धार्थ बिजय भएको छ । यसैगरी कक्षा ११ र १२ छात्रातर्फ पथरीको एभरेष्ट, विराटनगरको कान्तिपुर, सुन्दरहरैचाका ब्राइट फियुचर विजयी भए। 
 
यसैगरी, कक्षा १० सम्म छात्रमा रंगेलीको सनरे, विराटनगरको मोर्डन एरा, बुढीगंगाको यूनिक, बेलबारीको माउन्ट एभरेष्ट, ग्रामथानको जनक मेमोरियल, उर्लाबारीको पशुपति विजयी भए । कक्षा १० सम्म छात्रातर्फ इन्द्रपुरको नमूना विजयी भए ।