Trending :
 

पूर्वप्रधानमन्त्रीहरु सहित यी पाँच जनाले पाउँदैछन् यस वर्षको ‘भारत रत्न’

माघ २७,२०८०

-आस्था न्यूज

माघ २७, २०८० काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वप्रधानमन्त्रीहरू पीवी नरसिंह राव, चौधरी चरण सिंह र कृषि वैज्ञानिक एमएस स्वामीनाथनलाई भारतको सर्वोच्च नागरिक पुरस्कार ‘भारत रत्न’ प्रदान गर्ने घोषणा गरेका छन् । 
 
सामान्यतया, एक वर्षमा तीन जनालाई दिइँदै आएको ‘भारत रत्न’ पुरस्कार यस वर्ष भने सरकारले पाँच जनालाई दिने भएको हो । 
 
‘भारत रत्न’ पुरस्कार पाउनेमा भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता लालकृष्ण आडवाणी र बिहारका पूर्वमुख्यमन्त्री कर्पुरी ठाकुर छन् । 
 
पीवी नरसिंह राव
पालुमापति वेंकट नरसिंह राव जुन २१, सन् १९९१ देखि १६ मे सन् १९९६ सम्म भारतको प्रधानमन्त्री पद सम्हालेका थिए । 
 
उनको जन्म सन् १९२१ मा आन्ध्र प्रदेशको करिमनगरमा भएको थियो र उनले हैदराबादको उस्मानिया विश्वविद्यालय, बम्बे विश्वविद्यालय र नागपुर विश्वविद्यालयमा अध्ययन गरेका थिए । 
 
कृषिविद् र अधिवक्ता समेत रहेका रावले आन्ध्र प्रदेशको मुख्यमन्त्रीको रूपमा समेत पनि काम गरिसकेका छन् । 
 
चरण सिंह
सन् १९०२ मा उत्तर प्रदेशको मेरठमा जन्मेका चरण सिंहले जुलाई २८, सन् १९७९ देखि १४ जनवरी, सन् १९८० सम्म प्रधानमन्त्रीको रूपमा काम गरेका थिए । 
 
उनी पहिलो पटक सन् १९३७ मा छपरौलीबाट उत्तर प्रदेश विधान सभामा निर्वाचित भएका थिए । उनले सन् १९४६, १९५२, १९६२ र १९६७ मा निर्वाचन क्षेत्रको प्रतिनिधित्व गरेका थिए ।
 
सिंहले दुई पटक उत्तर प्रदेशको मुख्यमन्त्रीको रूपमा पनि काम गरेर समाज सेवा गरेका थिए । 
 
एमएस स्वामीनाथन
सन् १९२५ मा जन्मिएका एमएस स्वामीनाथनलाई भारतमा हरित क्रान्तिका पिता भनेर चिनिन्छ । 
 
उनले तिरुवनन्तपुरमको महाराजास कलेजबाट प्राणीशास्त्रमा बीएससी डिग्रीे र कोइम्बटूर कृषि कलेजबाट कृषि विज्ञानमा पनि डिग्री हासिल गरे । 
 
उनले भारतीय कृषि अनुसन्धान संस्थानबाट कृषि विज्ञान (आनुवंशिकी र बिरुवा प्रजननमा विशेषज्ञता) मा एमएससी डिग्री र क्याम्ब्रिज विश्वविद्यालय, यूकेबाट पीएचडी डिग्री पनि प्राप्त गरेका छन् । 
 
लालकृष्ण आडवाणी
भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता लालकृष्ण आडवाणी १९८६-९०, १९९३-९८ र २००२-०५ सम्म भारतीय जनता पार्टीको अध्यक्ष बनेका थिए । 
 
झण्डै तीन दशकको संसदीय करिअरको क्यापिङ गर्दै आडवाणी १९९९ देखि २००४ सम्म पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको मन्त्रिपरिषद्मा पहिले गृहमन्त्री र पछि उपप्रधानमन्त्री बनेका थिए । 
 
कर्पुरी ठाकुर
सन् १९२४ मा बिहारको समस्तीपुर जिल्लामा जन्मेका कर्पुरी ठाकुरले दुई पटक राज्यको मुख्यमन्त्रीको रूपमा काम गरेका छन् 
 
उनी मुख्यमन्त्री नितिश कुमार र आरजेडी अध्यक्ष लालुप्रसाद यादवलगायत राज्यका वर्तमान पुस्ताका धेरै नेताहरूको सल्लाहकार समेत रहेका थिए । 
 
सन् १९५४ मा स्थापना गरिएको भारत रत्न पुरस्कार असाधारण सेवा वा मानव प्रयासको कुनै पनि क्षेत्र मा उच्चतम योगदान दिएका व्यक्तित्वहरुलाई प्रदान गरिदै आएको छ । 
 
यस पुरस्कारका लागि प्रधानमन्त्री आफैंले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने गरेका छन् । भारत रत्न प्रदान गर्दा प्राप्तकर्ताले राष्ट्रपतिद्वारा हस्ताक्षरित सनद (प्रमाणपत्र) र एक पदक प्राप्त गर्ने गरेको छ ।