Trending :
 

तराईमा हुस्सु, उच्च पहाडमा हल्का हिमपातको सम्भावना

माघ २८,२०८०

-आस्था न्यूज

२८ माघ २०८० काठमाडौं ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम मुख्यतया सफा रहनेछ भने उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । तर तत्काल पानी पर्ने सम्भावना भने टरेको छ । 
 
महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका तराईका धेरै  स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । आइतबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 
 
बेलुका कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी  र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।