Trending :
 

माओवादी केन्द्रीय समितिको बैठक आजदेखी

माघ २८,२०८०

-आस्था न्यूज

२८ माघ २०८० काठमाडौं ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।  बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने पार्टी प्रवक्ता तथा उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
 
आजको बैठक पार्टीको चारमहिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को समीक्षामा केन्द्रित हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।
 
चारमहिने अभियानमा पार्टीको संगठन निर्माण, पुनर्निर्माणका साथसाथै सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपांगता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो ।
 
भोलिसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टीको कामकारबाही र आगामी फागुन १ देखि ३ गतेसम्म काठमाडौँमा हुने विधान सम्मेलनबारेमा पनि छलफल हुनेछ ।
 
सम्मेलनमा प्रस्तुत गरिने विधानका बारेमा प्रारम्भिक छलफलका लागि गत शुक्रवार र शनिवार स्थायी समिति बैठक बसेको थियो ।
 
सो बैठकमा केन्द्रीय समितिको आकार घटाएर १ सय ५१ सदस्य बनाउने तथा सोको प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिइएको छ ।