Trending :
 

बाँकेमा राष्ट्रपति रनिङ शिल्ड खेलकूद सुरू

माघ २८,२०८०

-आस्था न्यूज

२८ माघ २०८० काठमाडौं ।
बाँकेमा ‘१५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा नेपालगन्ज रंगशालामा प्रतियोगिता भइरहेको हो ।
 
प्रतियोगिताको शनिबारै लुम्बिनी प्रदेश सांसद माया पुनले उद्घाटन गरिन् । उनले राष्ट्रलाई चिनाउने गौरवको क्षेत्र खेलकुद नै राज्यको आँखाबाट ओझेलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
 
प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहबाट छनोट भएर आएका खेलाडीले सहभागिता जनाउने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष सन्दिपजंग शाहले जानकारी दिए । जिल्लाबाट छनोट भएका खेलाडीहरूलाई फागुन ११ देखि १३ गतेसम्म बुटवलमा हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने उनले बताए । 
 
प्रतियोगिता सञ्चालन गर्नका लागि कोहलपुर नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको छ भने सांसद पुनले १० लाख रुपैयाँ बराबरका खेलकूद सामाग्री हस्तान्तरण गरेकी छिन् ।