Trending :
 

मोटरसाइकल चोरीका घटना बढ्दै, काठमाडौंका एकान्त स्थानमा पार्किङ नगर्न आग्रह

माघ २८,२०८०

-आस्था न्यूज

२८ माघ २०८० काठमाडौं ।
नेपाल प्रहरीले हराएका २५२ मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ। चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई हस्तान्तरण गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
 
कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका २५२ सवारीसाधन सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
 
उनका अनुसार शुक्रबारमात्रै पनि १७ दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले  हस्तान्तरण गरेको छ। यसमा १४ वटा मोटरसाइकल र तीनवटा स्कुटर रहेका छन्। 
 
यस्तै प्रहरीले अवैधरूपमा नेपाल भित्रिएका १२  सवारीसाधन भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता भट्टले बताए। चालु आर्थिक वर्षको हालसम्म चोरीका २० सवारीसाधनसहित चोरीमा संलग्न २४ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ।