Trending :
 

तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

माघ २८,२०८०

-आस्था न्यूज

माघ २८, २०८० काठमाडौं ।
साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ५ सय रुपैयाँले घटेर आज १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
 
शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
 
तेजाबी सुन पनि तोलामा ५ सय रुपैयाँले घटेको छ । 
 
आज तेजाबी सुन तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।
 
यस्तै, आइतबार चाँदीको मूल्य शुक्रबारको तुलनामा स्थिर छ ।  चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।