Trending :
 

प्याब्सन स्पोर्ट्स मिटः पूर्वाञ्चललाई चार स्वर्णपदक

माघ २८,२०८०

-आस्था न्यूज

माघ २८, २०८० काठमाडौं ।
१३औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल एकेडेमीले अग्रता कायमै राखेको छ । 
 
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको प्रतियोगितामा पूर्वाञ्चलले चार स्वर्ण, १ रजत पदकसहित २३ अंकको साथ अग्रता कायमै राखेको हो ।
 
पूर्वाञ्चललाई सुन्दरहरैँचाकै सिद्धार्थ स्कुलले १ स्वर्ण, २ रजक पदकसहित ११ अंक ल्याएर पछ्याइरहेको छ । विराटनगरको एभरेष्ट स्कुल १ स्वर्ण  र दुई कास्य पदक ९ अंक सहित तेस्रो स्थानमा छ । यसैगरी, रतुवामाइको मुनाल आदर्श, विराटनगरको मदर टेरेसा र ग्रामथान सारदा स्कुलले समान ८–८ अंक ल्याएर चौथो स्थानमा छन् । 
 
हाइजम्पमा छात्रातर्फ पूर्वाञ्चल एकेडमीकी सितल मगरले स्वर्ण पदक जितेकी छिन् । यसैगरी रंगेलीको मिनील्याण्ड स्कुलकी जिसिका विष्टले रजत पदक र विराटनगर एभरेष्ट स्कुलकी प्रिन्सि बर्माले कास्य पदक जितेकी छिन् । 
 
यसैगरी, छात्रतर्फ ग्रामथानको सारदा स्कुलका भिम ऋषिदेवले स्वर्ण पदक जितेका छन् । पूर्वाञ्चल एकाडेमीका संगम बोहोराले रजक पदक र जनक मेमोरियल स्कुलका प्रभास चौधरीले  रजक पदक जितेका छन् । 
 
८ सय मिटर छात्रातर्फ पूर्वाञ्चल एकाडेमीकी सृजना बिकले स्वर्ण पदक जितेकी छिन् । सिद्धार्थ स्कुलकी मियोङसा राईले रजत पदक र पथरीको एभरेष्ट स्कुलकी युनिषा बुढाथोकीले कास्य पदक जितेकी छिन् ।
 
यसैगरी सटपुट छात्रातर्फ रंगेलीको मुनाल आर्दशकी अमिसा ताजपुरियाले स्वर्ण पदक जितेकी छिन् । यस्तै विराटनगरको मदर टेरेसा स्कुलकी ज्योती महतोले रजक र इन्द्रपुर नमुना स्कुलकी आयूषमा राईले कास्य पदक जितेकी छिन् ।