Trending :
 

आइतबार सेयरबजारमा दोहोरो अङ्कको गिरावट

माघ २८,२०८०

-आस्था न्यूज

माघ २८, २०८० काठमाडौं ।
आइतबार सेयरबजारमा दोहोरो अङ्कको गिरावट भएको छ । 
 
अघिल्ला चार कारोबार दिनसम्म बढेको सेयरबजार आज भने १०.५ अङ्कले घटेर २०८५.८२ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब २१ करोड २२ लाख ८३ हजार चार सय ५३ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार चार सय ७२ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा वृद्धि भएको हो ।
 
आज सर्वाधिक कमाउने कम्पनीहरुमा समाज लघुवित्त र कुथेली बुखरी हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा गुराँस लघुवित्त र युनिलिभर रहे । उक्त कम्पनीको सेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घट्यो ।
 
आज हाइड्रोपावर समूहको उपसूचक सर्वाधिक ०.२२ प्रतिशतले बढ्दा विकास बैंक ०.०९ र म्युचुअल फन्ड उपसूचक ०.०५ प्रतिशतले बढे । आज उत्पादन समूहको उपसूचक सर्वाधिक २.८८ प्रतिशतले घट्दा होटल तथा पर्यटन समूहको उपसूचक १.५९ र ट्रेडिङ उपसूचक १.५५ प्रतिशतले घट्यो ।