Trending :
 

‘कुमारी सबल योजना’को इकाईहरु आजदेखि बिक्री खुला

माघ २८,२०८०

-आस्था न्यूज

माघ २८, २०८० काठमाडौं ।
कुमारी बैंक कोष प्रबर्द्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘कुमारी सबल योजना’को इकाईहरु आजदेखि बिक्री खुला भएका छन् ।
 
कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्ड आज माघ २८ गते देखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो।
 
जस मध्य एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरीएको छ। 
 
त्यस बाहेक बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न सुरु गरिएको हो।