Trending :
 

फुटपाथ व्यापारीले गरे काठमाडौं महानगर विरुद्ध प्रदर्शन

माघ २८,२०८०

-आस्था न्यूज

माघ २८, २०८० काठमाडौं ।
फुटपाथ व्यापारीहरुले काठमाडौं महाानगरपालिका विरुद्ध आइतबार प्रदर्शन गरेका छन्।
 
राष्ट्रिय स्वोरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरुले संयुक्त रूपमा काठमाडौ महानगरपालिका विरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरुले महानगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका थिए।
 
फुटपाथ व्यवसायीहरुले महानगरपालिकाले वार्ताको नाटक गर्दै वार्ता एकलौटी भंग गरेको आरोप लगाएका छन्। फुटपाथ व्यवसायीहरलाई बाच्न दिन आग्रह गर्दा महानगरले राति आएर आफ्ना सामानहरु लुटेर लगेको आरोप उनीहरुको छ।
 
महानगरपालिकाले फुटपाथ व्यवसायीहरुका माग सम्बोधन गर्नुपर्ने प्रदर्शनका सहभागीहरुको माग छ। स्वरोजगार व्यापारीहरुले गरिखान पाउनुपर्ने र उचित र वैकल्पिक ठाउँ दिनुपर्ने माग समेत उनीहरुले राखेका छन्।