Trending :
 

क्रिकेटर देव खनाल बने वर्ष उत्कृष्ट युवा खेलाडी

माघ २८,२०८०

-आस्था न्यूज

माघ २८, २०८० काठमाडौं ।
क्रिकेटर देव खनालले वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका छन् ।
 
नेपाल खेलकुद पत्रकार मञ्चले आज आयोजना गरेको २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत खनाललाई वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रदान गरेको हो ।
 
मनोनयनको शीर्ष ३ मा परेका एथलेटिक्सकी राममाया बुढा र बक्सिङकफी सुष्मा तामाङलाई पछि पार्दै देव खनालले उक्त अवार्ह जितेका हुन् ।  । 
 
२०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट गराउन खनालले नेपाली क्रिकेट टिमको नेतृत्व गरेका थिए । 
 
देव खनालको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल भएको थियो । यस्तै, विश्वकप छनोटका ५ खेलमा समेत उनले राम्रो प्रर्दशन गरेका थिए । 
 
देवले कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा १२५ र यूएईविरुद्ध फाइनलमा ५१ रन बनाएका थिए ।
 
अन्तर्राष्ट्रिय क्रिकेटसँगै घरेलु क्रिकेटमा राम्रो प्रर्दशन गर्दै आएका खनालले २०२४ को पल्सर एनएसएसजेएफ अवार्डको २० औं संस्करण हात पारे ।