Trending :
 

सिराहाबाट पेस्तोलसहित एक युवक पक्राउ

माघ २९,२०८०

-आस्था न्यूज

माघ २९, २०८० काठमाडौं ।
सिराहाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।
 
पक्राउ पर्नेमा सिराहाको औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव रहेका छन् ।
 
सरोज गत शनिबार राति औरही गाउँपालिका ३ बस्ने वर्ष २२ को संजितकुमार यादव र उनको बहिनी संजिता यादव डेरा गरी बस्ने सिराहा नगरपालिका ७ मा राम पुकार शर्माको घरमा पुगेर बादविवाद गरिरहेका थिए ।
 
प्रहरी पुगेर उनको शरीर खानतलासी गर्दा लुकाइराखेको कटुवा पेस्तोल बरामद भएको सिराहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।