Trending :
 

एकदिवसीय सिरिजमाः क्यानडालाई ९ विकेटले हराउँदै नेपालको क्लिनस्वीप

माघ २९,२०८०

-आस्था न्यूज

माघ २९, २०८० काठमाडौं । 
एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले क्यानडालाई ९ विकेटले हराउँदै क्लिनस्वीप गरेको छ । पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो ।
 
तेस्रो खेलमा सोमबार नेपालले जितको लागि पछ्याएको २३३ रनको लक्ष्य ४४.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।
 
नेपालको जितमा अनिलकुमार साह १२४ बलमा १२ चौका र २ छक्कासहित ११२ रनमा नट आउट रहे ।
 
भीम सार्की १२९ बलमा ११ चौका र १ छक्कासहित १०१ रनमा नट आउट रहे । दुबैले पहिलो पटक शतक हानेका हुन् ।
 
नेपालको सहज जितमा भने तीन दुर्लभ कीर्तिमान बनेका छन् ।