Trending :
 

प्रहरीले ईन्टरपोल मार्फत ५२ फरार अभियुक्तहरुलाई नेपाल ल्यायो

माघ २९,२०८०

-आस्था न्यूज

माघ २९, २०८० काठमाडौं । 
नेपाल प्रहरीले प्रहरीको अन्तर्देशीय संगठन (ईन्टरपोल) मार्फत ५२ फरार अभियुक्तहरुलाई नेपाल ल्याईसकेको छ । 
 
जसमा सबैभन्दा धेरै संयुक्त अरब ईमिरेटस्‌बाट १९ जना, कतारबाट ९ जना, भारत, साउदी अरब र कुबेतबाट तीनरतीन जना, मकाउ, मलेशिया र चीनबाट  दुईरदुई जनालाई प्रहरीले नेपाल ल्याईसकेको छ । थाईल्याण्ड, क्यानडा, अमेरिका, पोर्चुगल र बहराईनबाट प्रहरीले एक रएक जनालाई नेपाल ल्याईसकेको छ ।
 
प्रहरीले स्वदेशभित्र अपराध वा आपराधिक गतिविधि गरेर विदेशी भूमिमा लुकिरहेकाहरुलाई पक्रेर ल्याई थप कानूनी कार्वाहीको प्रक्रिया अगाडी बढाउन ईन्टरपोलको सहयोग लिईरहेको देखिन्छ । प्रहरी प्रधान कार्यलयका अनुसार फरार अभियुक्तहरु पक्रेर ल्याउन प्रहरीले रेड नोटिस र डिफ्युजन नोटिसहरु जारी गरिरहेको छ ।
 
प्रहरीले अहिले ५१ नेपाली र ४ विदेशी सहित ५५ जना माथी रेड नोटिस जारी गरेको छ । जसमा ९ जना ठगी अपराधका छन् भने ७ जना मानव तस्करी अपराधका छन् । त्यस्तै बलत्कार सम्बन्धी घटनामा ७ जना छन् । प्रहरीले विदेशमा लुकिरहेका अभियुक्तहरुलाई पक्राउ गर्न रेड नोटिस जारी गर्न थालेको सन् १९९२ बाट हो । पछिल्लो २३ बर्षमा प्रहरीले ईन्टरपोलमार्फत सबैभन्दा धेरै रेड नोटिस सन् २०१८ मा गराएको थियो । उक्त वर्षमा २५ जना विरुद्ध रेड नोटिस जारी गरेको देखिन्छ ।
 
प्रहरीले हालसम्म ३० नेपाली र ५ विदेशी सहित डिफ्युजन नोटिस जारी गरेको छ । जसमा सबैभन्दा धेरै मानव तस्करी अपराधमा मुछिएका ६ जना र बैंकिङ ठगीका चार जना रहेका छन् । त्यस्तै बलत्कार मुद्दाका ३, व्यक्ति हत्याका ३, सहकारी ठगीका तीन जना विरुद्ध पनि डिफ्युजन नोटिस जारी छ । सन् २००९ यताका १४ वर्षमा प्रहरीले सबैभन्दा धेरै डिफ्युजन नोटिस २०१८ मा जारी गरेको देखिन्छ । उक्त वर्ष २४ जना विरुद्ध डिफ्युजन नोटिस जारी गरिएको थियो ।
 
प्रहरी प्रधान कार्यलयका प्रवक्ता डिआईजी भिमप्रसाद ढकालले अपराधको कुनै देश र सीमाना नहुने भएपछि प्रहरीले ईन्टरपोलको सहयोग लिने अवधारणा सुरु भएको बताए । उनले ईन्टरपोलको सहयोगमा कैयन देशबाट अभियुक्तहरु पक्रेर नेपाल ल्याउन र नेपालमा लुकी बसेकी विदेशी अभियुक्तहरुलाई पक्रेर तत् देशमा बुझाउने काम भईरहेको बताए ।