Trending :
 

मौसम पूर्वानुमानः हल्का वर्षा र हिमपातको सम्भावना

फाल्गुण ०१,२०८०

-आस्था न्यूज

फागुन १, २०८० काठमाडौं ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण अहिले देशका पहाडी क्षेत्रमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 
मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने देशको पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।
 
देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुनेछ । 
 
त्यस्तै, बेलुका देशभर आंशिकदेखि साधारणतया बदली रही देशको पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् ।