काइली मिनोगलाई ‘ब्रिट्स ग्लोबल आइकन अवार्ड’

फाल्गुण ०१,२०८०

-आस्था न्यूज

फागुन १, २०८० लण्डन (बीबीसी) ।
अन्तर्राष्ट्रिय पप स्टार काइली मिनोगलाई यस वर्षको ‘ब्रिट्स ग्लोबल आइकन अवार्ड’ प्रदान गरिने भएको छ । काइलीले पाँच दशकदेखि संगीतमा पु¥याएको योगदानको कदर गर्दै आगामी मार्च २ मा अवार्ड प्रदान गर्न लागिएको हो ।
 
अवार्डमा काइली अन्य प्रतिष्पर्धी टेलर स्वीफ्ट, ओलिभिया रोड्रिगो र लाना डेल रेसँगै ‘इन्टरनेसनल आर्टिष्ट अफ द इयर’ विधामा पनि मनोनित भएकी छन् । अवार्डमा काइलीसहित यसअघि नै घोषणा गरिएका दुआ लिपा र रेले स्टेज प्रस्तुती दिनेछन् ।
 
‘म ग्लोबल आइकल अवार्डबाट सम्मानित हुन पाउँदा र त्यस्ता अविश्वसनीय कलाकारहरुको रोल कलमा सामेल हुन पाउँदा धेरै रोमाञ्चित छु’, काइलीले भनेकी छन्, ‘बेलायत जहिल्यै पनि घरबाटै घर भएको छ । त्यसैले ब्रिटसको मेरो हृदयमा धेरै स्थान छ । मसँग वर्षौदेखिका अवार्डका केही अचम्मका सम्झनाहरु छन् र म ब्रिटसको मञ्चमा फर्किने प्रतिक्षा गर्न सक्दिनँ ।’
 
ब्रिटस आइकन अवार्ड अवार्ड आयोजकहरुले दिएको सर्वोच्च सम्मान हो । यो सम्मान असाधारण कलाकारहरुलाई लागि आरक्षित छ ।
 
सन् २०२१ मा गायिका टेलर स्वीफ्टले यो अवार्ड जित्ने पहिलो महिला बन्ने अवसर पाएकी थिइन् । यसअघि यो अवार्ड सर एल्टन जोन, डेभिड बोवी र रोबी विलियम्सले जितेका थिए ।
 
काइलीले यसअघि नै तीनवटा ब्रिट अवार्ड जितिसकेकी छन् । उनका गीतहरु विश्वभरी ८ करोडभन्दा बढी पटक बिक्री भइसकेका छन् । उनीसँग नौ यूके नम्बर एलबम र सात यूके नम्बर वान सिंगल छन् ।
यसअघि फेब्रुअरीमा अष्ट्रेलियाली गायिका तथा गीतकारलाई उनीहरुको हिट ‘पदम पदम’का लागि ग्रामीको उद्घाटनमा ‘बेस्ट पप डान्स रेकर्डिङ अवार्ड’ दिइएको थियो । जुन गत समरमा भाइरल भएको थियो ।
 
यो वर्षको ब्रिट अवार्डको मनोनयनमा पर्नेहरुमा द रोलिङ स्टोन्स, लिटिल सिम्ज र अर्लो पार्कस् छन् ।
 
रे सात मनोनयनका साथ सन् २०२४मा सर्वाधिक विधामा मनोनित हुने कलाकारमा परेकी छन् । जुन एक वर्षमा एक कलाकारका लागि नयाँ कीर्तिमान हो । उनी बेस्ट एलबम, बेस्ट न्यू आर्टिस्ट, बेस्ट पप एक्ट र आर्टिस्ट अफ द इयर विधामा मनोनित भएकी छन् । उनका दुई गीत बेस्ट सङ विधामा पनि मनोनित छ ।
 
सन् २०२३ मा सबै पुरुष उत्कृष्ट कलाकारको लाइनअपका बारेमा आलोचना भएपछि ब्रिट आयोजकहरुले यस वर्ष कलाकारको वर्गलाई ५ बाट १० स्लटमा विस्तार गर्दै छनोट गरेका छन् । लण्डनको ओ२ एरिनामा हुने अवार्ड समारोहको होस्ट क्लारा एम्फो, माया जामा र रोमन केम्पले गर्नेछन् ।