Trending :
 

गर्भवतीको चर्चाबीच विदेशमा उपचार गराउँदै अनुष्का

फाल्गुण ०१,२०८०

-आस्था न्यूज

फागुन १, २०८० मुम्बई (बलिउड हंगामा) । 
बलिउड स्टार अनुष्का शर्मा गर्भवती रहेको विषयलाई लिएर विभिन्न अड्कलबाजी जारी छ । पहिलो सन्तान जन्मिएको लामो समयपछि अनुष्का गर्भवती भएको केही दिनयता समाचार आइरहेका छन् । यद्यपि, उनका क्रिकेटर पति विराट कोहली र अनुष्का स्वयंले यो विषयमा आधिकारिक जानकारी दिएका छैनन् ।
 
केही दिन अघि क्रिकेटर डिविलिअर्सले अभिनेत्री अनुष्का गर्भवती रहेको भन्दै एक भिडियो सामाजिक सञ्जालमा राखेका थिए । उनले कोहलीले परिवारसँग समय बिताउनका लागि टिमबाट बिदा लिएको दाबी गरेका थिए । तर केही समयपछि उनले आफ्नो भनाईलाई फिर्ता लिँदै माफी मागेका थिए । तर अहिले आएको एक खबरलाई आधार मान्ने हो भने डिविअलर्सको भनाईलाई सही मान्न सकिन्छ ।
 
समाचारअनुसार अनुष्काको गर्भावस्थामा केही समस्या देखिएको छ । खेल पत्रकार अभिषेक त्रिपाठीले ट्वीटरमा एक ट्वीट गर्दै अनुष्काको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । 
 
‘चार कुरा । पहिलोः जो डिविलियर्सले भनेका थिए, त्यो कुरा सही हो । दोस्रोः केही स्वास्थ्य समस्याका कारण विराटले अनुष्कालाई विदेशमा रहेका डाक्टरलाई देखाउने र परिवारका साथ केही समयका लागि उतै बस्ने निर्णय लिएका छन् । तेस्रोः उनले बीसीसीआईसँग अनुमति लिएर यो समय परिवारका साथ बिताउने निर्णय लिएका छन् । चौथोः हामी उनको सुखद भविष्यको कामना गर्न चाहन्छौं’, त्रिपाठीले ट्वीट गरेका छन् ।
 
यो ट्वीटले सामाजिक सञ्जालमा चर्चा पाएको छ । ट्वीटरमा अनुष्का र विराटका फ्यानहरुले कमेन्ट गरिरहेका छन् । एक प्रयोगकर्ताले खेल पत्रकारले अनुष्काको गोपनियताको ध्यान नदिएको भन्दै रोष व्यक्त गरेका छन् । अन्य प्रयोगकर्ताले भने अनुष्काको स्वास्थ्य लाभको कामना गरेका छन् ।
 
गत फेब्रुअरी ३ मा एबी डिविलिअर्सले युट्युब च्यानलमा विराट दोस्रो सन्तानको पर्खाइमा रहेकाले उनले टेस्ट सिरिजको हिस्सा नबन्ने निर्णय लिएको खुलासा गरेका थिए । ‘हो, उनको दोस्रो बच्चा आउँदैछ । यो परिवारको समय हो र यी कुरा विराटका लागि आवश्यक छन्,’ उनले भनेका छन् ।