Trending :
 

रामेछापमा उपमेयरर्स फोरम गठन

फाल्गुण ०१,२०८०

-आस्था न्यूज

फागुन १, २०८० काठमाडौं ।
 
उपमेयरर्स फोरम रामेछापको संयोजकमा ईश्वरी बस्नेत  चुनिएकी छिन् । 
 
रामेछाप जिल्लाका आठवटा स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुले भेलाले मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको संयोजकत्वमा आठ सदस्सीय फोरम गठन गरेको हो । मन्थली नगरपालिकामा भएको न्यायीक समितिको अन्तरपालिका स्तरीय बैठकमा फोरम बनाइएको संयोजक बस्नेतले जानकारी दिइन् । 
 
फोरमको सहसंयोजकमा रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमारी कार्की चुनिएकी छिन् ।
 
यसैगरी फोरमको सदस्यहरुमा सुनापति गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट, दोरम्बा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष खमला थापा मगर, गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष उषा कार्की, उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवार, खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङ र लिखुतामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपा पाख्रिन चयन भएका छन् । 
 
स्थानीय तहका उपप्रमुख तथ उपाध्यक्षहरुले स्थानीय तहमा सम्पादन गर्ने कामहरुको अनुभव आदानप्रदान गर्ने उद्देश्य फोरम गठन गरेको हो । यसलाई साझा थलोको रुपमा विकास गरिने बस्नेतले बताइन् ।