Trending :
 

मोरङका विभिन्न स्थानमा भएका आलगागीबाट लाखौँको धनमाल क्षति

फाल्गुण ०१,२०८०

-आस्था न्यूज

फागुन १, २०८० काठमाडौं ।
मोरङका विभिन्न स्थानमा भएका आगलागीका घटनामा ८० लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर क्षति भएको छ । 
 
सुनवर्षी नगरपालिका–१ कालाबन्जारस्थित आशिष थापाको घरमा सोमबार राति आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
 
बिजुली सर्ट भइ सुरु भएको आगलागीबाट थापाको दुई तले घरसहित सुनचाँदीका गहना, तीन लाख रुपैयाँ नगदै, अन्न, भाँडा, कपडालगायत धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
 
यसैगरी, मोरङकै कानेपोखरी गाउँपालिका–२ मा अर्जुन विष्टको घरमा राति  आगलागी हुँदा ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
 
आगलागीका कारण विष्टको ४ कोठे पक्की घरसहित धनमाल, नगद र केही चौपाया चलेको प्रहरीले जनाएको छ । विष्टको घरमा पनि बिजुली सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
 
दमकल प्रयोग गरी स्थानीय बासिन्दा र प्रहरी मिलेर आगो निभाइएको थियो ।
 
सुख्खायाम र आगलागीका घटना हुने मौसम सुरु भएको भन्दै प्रहरीले सावधानी अपनाउन सर्वसाधारणलाई सूचित गरेको छ ।