Trending :
 

सुन चाँदीसहित पोखराबाट १ जना पक्राउ

फाल्गुण ०१,२०८०

-आस्था न्यूज

फागुन १, २०८० काठमाडौं ।
जिल्ला प्रहरी कार्यालय कास्कीले ७ किलो भन्दा बढी सुन र ६ किलोभन्दा बढी चाँदीसहित १ जनालाई पक्राउ गरेको छ। 
 
पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल मेदिनीपुर दासपुर-११ घर भइ पोखरा महानगरपालिका-२ मोहोरिया टोलस्थित जय भैरव ज्वेलर्स संचालन गरी बस्ने ४० वर्षीय सुरजित भौमिक छन्। मोहरियाको ज्वलेर्सबाट स्रोत खुलाउन नसकेको सुनका गहना तथा काँचो सुन ७ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम बरामद भएको कास्की प्रहरीले जानकारी दिएको छ। 
 
त्यसैरी चाँदीका गहना ६ किलो र नगद ६२ लाख ८१ हजार रूपैयाँसहित मंगलबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 
 
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भौमिकले संचालन गरेको उक्त ज्वेलर्सबाट स्रोत खुलाउन नसकेको उक्त गहना र नगदसहित उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।