Trending :
 

संसद्ले आवश्यकता अनुसार कानुन बनाउन नसकेको राष्ट्रियसभाका अध्यक्षको भनाई

फाल्गुण ०१,२०८०

-आस्था न्यूज

फागुन १, २०८० काठमाडौं ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्ले कानुन आवश्यकता अनुसार बनाउन नसकेको बताएका छन् । यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले धेरै कानुन अझै बन्न  बाँकी रहेको बताए ।
 
अध्यक्ष तिमिल्सिनाले आफ्नो कार्यकालमा राष्ट्रियसभामा कुनै पनि कानुन नबनेको र ढिलो गरिएको भन्ने कुरा सत्य नभएको बताए । सरकारले नै विधेयक ल्याउन सकेन, उनले भने । राष्ट्रियसभामा आएका विधेयक कुनै पनि बाँकी नरहेको अध्यक्ष तिमिल्सिनाको भनाइ थियो ।
 
उनले भने, राष्ट्रियसभामा आएका विधेयक सम्पूर्ण ढंगले समयमा नै पास गरेर पठाएका छौँ । सरकारले कानुन बनाउने कुरालाई प्रथामिकतामा राखेर काम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । संसद्मा आएका विधेयक समयमा नै पास गरेर पठाउने गरेको हुँदा आफ्नो कार्यकाल सफल भएको उनले बताए ।