नेटफ्लिक्समा ‘एनिमल’ले राख्यो रेकर्ड

फाल्गुण ०१,२०८०

-आस्था न्यूज

फागुन १, २०८० मुम्बई ।
टलिउड निर्देशक सन्दीप रेड्डी भांगाको पछिल्लो पेन–इन्डिया फिल्म ‘एनिमल’ले अझै पनि बलिउडमा लोकप्रियताको बहाव बढाइरहेको छ ।
 
केही विवादका बाबजुद पनि फिल्मले व्यावसायिक र अनलाइन स्ट्रिमिङमा राम्रो सफलता पाएको छ । फिल्मले अब भने डिजिटल प्लेटफर्ममा सफलताको झण्डा गाड्न सुरु गरेको छ ।
 
डिजिटल प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको यो फिल्मले सर्वाधिक दर्शकको रेकर्ड राखेको छ ।
 
यसले गैर–अंग्रेजी फिल्म वर्गमा लगातार दुई हप्तासम्म प्लेटफर्मको ग्लोबल चार्टमा आफ्नो स्थान बनाएको छ । फिल्मको सफलतालाई फिल्म विश्लेषकहरुले महत्वपूर्ण उपलब्धि र दर्शकमाझ लोकप्रियताको प्रमाणका रुपमा विश्लेषण गरेका छन् ।
 
नेटफ्लिक्समा यसको सफलताको अतिरिक्त, डिलक्स संस्करणको रुपमा जारी गरिएको ‘एनिमल’को साउण्ड ट्रयाकले पनि नयाँ रेकर्ड कायम गरेको छ । 
 
स्पोटीफाईमा सबैभन्दा छिटो ५ सय मिलियन बढी स्ट्रिम जम्मा गर्ने भारतीय एल्बमको रेकर्ड राखेको छ ।
 
फिल्ममा रणवीर कपूर, अनिल कपूर, बबी देवल, त्रिप्ती डिम्री, रश्मिका मन्दाना लगायतको अभिनय छ ।