बलिउड अभिनेत्री जया प्रदालाई पक्राउ गर्न अदालतको आदेश

फाल्गुण ०२,२०८०

-आस्था न्यूज

फागुन २, २०८० मुम्बई (बलिउड लाइफ) ।
पूर्व बलिउड अभिनेत्री तथा राजनीतिकर्मी जया प्रदा यतिबेला कानूनी झमेलामा परेकी छन् । एमपी/एमएलए अदालतले प्रहरीलाई छुट्टै टोली बनाएर अभिनेत्री जयालाई पक्राउ गर्न आदेश दिएको छ । अभिनेत्री जया सातौं पटकसम्म पनि अदालतमा उपस्थित भएपछि अदालतले उनलाई पक्रन आदेश दिएको हो ।
 
अभिनयबाट राजनीतिमा आएकी जयाविरुद्ध आचारसंहिता उल्लंघनको मुद्धामा रामपुरमा रहेको एमपी÷एमएलए अदालतले ६ वटा गैर जमानती वारेन्त जारी गरेको छ । सातौं पटक पनि अदालतमा जया उपस्थित नभएपछि अदालतले अभिनेत्रीलाई पक्राउ गरी अदालतमा पेश गर्न प्रहरीलाई आदेश दिएको हो ।
 
सन् २०१९ मा जया प्रदा भारतीय जनता पार्टी(भाजपा)को प्रतिनिधित्व गर्दै रामपुरबाट लोकसभाको उम्मेद्वार थिइन् । त्यसताका जयाले ¥यालीका क्रममा केही आचारसंहित उल्लंघन गरेको आरोप छ । उनीविरुद्ध दुई कानुनी मुद्धा दर्ता भएका छन् । अदालतले जयालाई पटक–पटक अदालतमा उपस्थित हुन भनिरहेको छ । 
 
यद्यपि, उनले अदालतको आदेशलाई गम्भीर रुपमा लिइनन् । जसकारण अदालतले कुनै विकल्प विना नै जयामाथि पक्राउ वारेन्ट जारी गर्नुपर्यो । हालसम्म जया वा उनको टिमले कानुनी अपडेटका बारेमा कुनै पनि आधिकारिक विज्ञप्ती जारी गरेका छैनन् ।
 
जया सन् ७० देखि ८० को दशककी लोकप्रिय अभिनेत्री हुन् । फिल्म निर्माता कृष्णा राव र निलावानी छोरी जयाको वास्तविक नाम ललिता रानी राव हो । उनले १३ वर्षको उमेरमा तेलुगू फिल्मबाट अभिनयमा डेब्यू गरेकी थिइन् । जुन समया उनले १० रुपैंयाँ पारिश्रमिक बुझेकी थिइन् । उनले तेलुगू फिल्मपछि बलिउडमा पाइला चालिन् । एकसमय उनी बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीमा पर्थिइन् ।
 
जयाको व्यावसायिक करियर सफल भए पनि उनको व्यक्तिगत जीवन भने संघर्षपूर्ण नै थियो । उनले श्रीकान्त नाहटासँग विवाह गरिन्, जसको पहिले नै दुई सन्तान थिए । जयासँग विवाह गरेपछि पनि श्रीकान्तले पूर्व पत्निबाट तेस्रो सन्तान जन्माएका थिए । त्यसपछि जयाले श्रीकान्तसँग अलग्गिने निर्णय लिइन् । उनले सन् १९९४ मा अभिनय छोड्दै राजनीतिमा जोडिने निर्णय लिइन् ।